सेनापतिले दुर्गा प्रसाईसँग गरे भेट

काठमाडौं । प्रधान सेनापति अशोक सिग्देलले राजसंस्था पुनर्स्थापना जनआन्दोलनको जनक मानिने तर हाल स्वतन्त्र रहेका दुर्गा प्रसाईसँग मुलुकको निकासबारे छलफल गरेका छन्। वित्त आयोगका अधिकृत समेत रहेका अभियन्ता गणेश घिमिरेले जानकारी दिँदै भने, विभिन्न पक्षसँग वार्ता र समन्वय जारी रहेको छ। उनले भोलि बिहान ८ बजे फेरि वार्ता गर्ने र चाँडै मुलुकले नयाँ निकास पाउने बताएका छन्। अहिलेसम्म नयाँ सरकार गठनको प्रक्रिया र नेतृत्वबारे कुनै सहमति कायम भइसकेको छैन।

प्रारम्भिक छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा बढी केन्द्रित चर्चा भएको छ। यसअघि प्रधान सेनापतिले काठमाडौंका मेयर बालेन शाहलाई नेतृत्व गरेर देश सम्हाल्ने प्रस्ताव गरेका थिए। तर, मेयर शाह इच्छुक नभएको कारण सुशीला कार्कीमा छलफल बढी भएको बताइएको छ। त्यस्तै, कुलमान घिसिङले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने इच्छा देखाएका छन् र उनले प्रधान सेनापतिसँग यस विषयमा छलफल गरिसकेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *