‘संविधानको रक्षा गर भन्दै बानेश्वरमा नेविसंघको प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बानेश्वरमा प्रदर्शनको गरेको छ । विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् । सोमबार र मंगलबार दुई दिन जेनजीको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा राजीनामा दिएका थिए । मंगलबार प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवासमा आगजनी गरेका थिए ।