सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो। बिहीबार सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। बुधबार प्रतितोला २५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिओस ३६ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *