दलाई लामाद्वारा नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

काठमाडौँ । बुद्ध धर्मगुरु दलाई लामाले नेपालको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई पत्र पठाएका छन् । भारतको धर्मशालास्थित थेक्छेन छोलिङबाट पठाइएको पत्रमा दलाई लामाले नेपाली र तिब्बती जनताबिचको ऐतिहासिक सम्बन्धको स्मरण गरेका छन् । उनले पत्रमा लेखेका छन्, तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनताबिच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहेको छ । दलाई लामाले नेपाल सरकार र नेपाली जनताप्रति विशेष कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, नेपाल सरकार र नेपाली जनताले सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भागेका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा म धेरै आभारी छु। उनले तिब्बती समुदाय सानो भए पनि नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको विश्वास व्यक्त गरेका छन् । आफ्नो पत्रमा लामाले नेपालले वर्षौंदेखि जीवनका सबै क्षेत्रमा उल्लेख्य विकास र बढ्दो समृद्धि हासिल गरेको उल्लेख गरेका छन् । यस्ता उपलब्धिहरूले गरिब र खाँचोमा परेका मानिसहरूको जीवनमा साँच्चै सुधार ल्याउँदा अझ अर्थपूर्ण हुन्छ,ु पत्रका उल्लेख छ । लामाले आफ्नो पत्रको अन्त्यमा प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै भनेका छन्, यी चुनौतीपूर्ण समयमा नेपालका जनताको आशा र आकाङ्क्षाहरू पूरा गर्न तपाईंलाई हरेक सफलता मिलोस् भन्ने कामना गर्दछु । मेरा प्रार्थना र शुभकामनाहरू तपाईंसँग छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *