भाटभटेनीले १५ शाखा सञ्चालनमा ल्याउँदै
काठमाडौं । जेनजीको आन्दोलनमा भएको तोडफोड र आगजनीले अनिश्चितिमा परेको भाटभटेनीले विभिन्न स्थानहरुबाट सेवा सुरु गरेको छ । उपत्यकामा टोखा, अनामनगर, सातदोबाटो, सानागाउँ, पाटन, कलंकी, राधेराधे, बालाजु, वर्ड ट्रेड सेन्टर र उपत्यका बाहिर नेपालगञ्ज, जनकपुर, बिरगञ्ज, बुटवल, धनगढी, भैरहवाका स्टोरहरु सञ्चालनमा रहेको भाटभटेनीले जनाएको छ । ‘भाटभटेनी केवल पसलको रूपमा मात्र होइन, परिवारको रूपमा पनि अग्लो छ, तपाईंको परिवार। तपाईंको धैर्यता, तपाईंको समर्थन र हामीमाथिको तपाईंको विश्वासको लागि धन्यवाद।’ भाटभटेनीले सामाजिक सञ्जालमा लेखेको छ( ‘हामी तपाईंले सधैं विश्वास गर्नुभएको उही हेरचाह र प्रतिबद्धताका साथ तपाईंको सेवा गर्न फर्केका छौं। उज्यालो र शान्तिमय दिनहरूतर्फ सँगै अगाडि बढौं।’
















