प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
आज सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्नु अघि प्रधानमन्त्री कार्की शहिद स्मारक पुगेर शहिदलाई श्रद्धाञ्जली दिएकी हुन् । अब केहि बेरमा उनले सिंहदरबारस्थित गृहमन्त्रालयमा तयार गरिएको प्रधानमन्त्रीको नयाँ कार्यालयमा पदभार ग्रहण गर्ने बताइएको छ ।
जेनजीओ आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलय ध्वस्त भएपछि वैकल्पिक व्यवस्था गरिएको छ ।