प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्री कुलमानको घोषणा

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् ।

शपथ ग्रहणपछि उनले तत्काल आफ्नो पहिलो निर्णय गर्दै नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने कार्य अघि बढाउने घोषणा गरेका छन् । मन्त्री घिसिङले पदभार ग्रहण गर्दा खादा, माला र अबिर केही पनि नलिने घोषणा समेत गरेका छन्, जसले सार्वजनिक रूपमा उनले व्यक्तिगत फाइदा नलिने नीति अपनाउने संकेत दिएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

विद्युत् प्राधिकरणका दुई पटकका कार्यकारी निर्देशक रहेका घिसिङले पहिलो कार्यकालमै मुलुकलाई १८ घन्टासम्मको लोडसेडिङ संकटबाट मुक्त गराएका थिए। विद्युत् आपूर्ति सुधार, चोरी न्यूनीकरण, ग्रामीण क्षेत्रमा पहुँच विस्तार र घाटामा रहेको संस्थानलाई नाफामा पु¥याउने कामका कारण उनी जनतामाझ कुशल प्रबन्धकका रूपमा परिचित छन्।त’ नीति अघि बढाउने संकेत दिएको मूल्याङ्कन गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *