अर्थमन्त्री र नाडाका प्रतिनिधिहरूबिच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालसँग नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिहरूले भेटवार्ता गरेको छ । मंगलबार अर्थमन्त्री खनालसँग भेटगरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरिएको हो । व्यवसायीहरूसँगको भेटमा अध्यक्ष चौधरीले आम व्यवसायीहरूको सुरक्षा र देशको शान्ति र अमन चयन सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरूको उत्थानका लागि सरकारले ठोस कदम चाल्नु पर्ने धारणा राखे । अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरूमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरू समेत पेस गरे । अर्थमन्त्री खनालले व्यवसायीहरूले राखेका सुझावहरूलाई मनन गर्दै आन्दोलनबाट भएकाको क्षतिको तथ्याङ्क संकलन गरी समुचित कदम चालिने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *