आजदेखि पुनः सञ्चालनमा मनकामना केबलकार

काठमाडौं । मनकामना केबलकारले बुधबार (आज) देखि पुनः सञ्चालनमा आएको छ। जेनजी प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको केबलकार सेवा एक सातापछि नियमित रूपमा सञ्चालन हुन थालेको हो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बीचको समयमा केबलकारको मर्मतसम्भार गरिएको थियो । २०५५ सालदेखि मनकामना केबलकार सञ्चालनमा आएको थियो ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका– ४ चेरेसमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *