काठमाडौं सडक डिभिजनले पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारी हटायो

काठमाण्डौं । सडक डिभिजन काडमाडौंले पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई असोज १ गतेबाट बिदा दिएको बताएको छ। काठमाडौं सडक डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले जसबाट जसबाट मासिक १५ लाख रूपैयाँ राज्य कोषमा बचत हुने जानकारी दिए। ‘हामीले सार्वजनिक कार्यालयलाई जनताको नासोको रूपमा जवाफदेयी र पारदर्शी बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘असोज १ गतेबाटै लागु हुने गरी पहुँचका आधारमा अनावश्यक रूपमा रहेको ज्यालादारी कर्मचारीहरूलाई बिदा दिइएको छ। जसबाट मासिक १५ लाख राज्यकोषमा बचत हुन्छ।’ त्यस्तै उनले खाल्डोरहित काठमाडौं अभियान सञ्चालन गर्ने पनि जानकारी दिए। काठमाडौंभित्रका सडकमा कति खाल्डाखुल्डी छन् भनेर दुई दिनभित्रै यकिन गरिसक्ने र तीन सिफ्टमा काम गरेर पुर्ने पनि उनले बताए। ‘हामी खाल्डाखुल्डीरहित काठमाडौं बनाउँदैछौं। यसका लागि अभियान नै सञ्चालन गर्छौं। तत्काल कति खाल्डाखुल्डी छन्, त्यसको यकिन दुई दिनभित्र गर्छौं। बिहान, दिउँसो र रातिसमेत गरेर व्यवस्थित छौं। यसका अतिरिक्त हामीले छुट्टै हेल्पलाइन खडा गरी गुनासो सुन्ने पनि तयारी गरेका छौं।

उक्त गुनासो तत्काल सम्बोधन गरी त्यसबारे पनि जानकारी दिइनेछ । त्यस्तै सडक डिभिजनमातहत रहेको इन्जिनियरिङ प्रयोगशालालाई अपग्रेड गर्दै त्यसलाई व्यवस्थित गर्ने पनि निर्णय भएको छ। गुणस्तर सुनिश्चितताका लागि आफ्नै प्रयोगशाला उपयोगमा ल्याउने, उपलब्ध नभएको परीक्षण प्रणाली पुल्चोक इन्जिनिरिङ क्याम्पसमार्फत् गर्ने र निजीमा नलैजाने निर्णय भएको पनि उनले बताए। त्यस्तै सडक सुरक्षाबारे पनि निर्णय भएको उनले बताए। ट्राफिक संकेत चिह्नहरू मर्मत सम्भार, रोड मार्किङ, जेब्रा क्रसिङका लागि तत्कालीन बोलपत्र आह्वान गर्ने निर्णय भएको उनले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *