कामना सेवा विकास बैंकले डाक्यो १९ औँ साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले १९ औँ वार्षिक साधारण सभा असोज २४ गते, काठमाडौंमा बिहान ११ बजे डाकेको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, चालु आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *