‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास

काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास गरेका छन् ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले निकट दावी गर्ने समूहले आफूलाई आक्रमणको प्रयास गरेको गुरुङले जनाएका छन् । गुरुङका अनुसार, मंगलबारदेखि नै उनलाई एक अपरिचित समूहले पछ्याइरहेको थियो । बुधबार रानीबारीदेखि नयाँ बानेश्वरसम्मका विभिन्न स्थानमा पल्सर र होन्डा बाइकमा सवार समूहले उनलाई पछ्याएको उनले बताएका छन् । गुरुङले केही कारहरु पनि त्यस समूहमा संलग्न रहेको बताएका छन् ।

बस्नेतले गुरुङलाई विदेशी दलालको संज्ञा दिँदै आएका छन् । केही दिनअघि उनले सामाजिक सञ्जालमा लेख्दै ओरिजिनल बाउको छोरा वा आमाको दूध खाएको भए आफूले बोलेको कुरा गरेर देखाउन चुनौती दिएका थिए । बस्नेतले मिसन प्रेरित पैसा कमाउनका लागि जेन जी आन्दोलनमा मिनरल वाटर बाँडेको आरोप लगाएका छन् । बस्नेतले सुदनलाई कुनै हैसियत नभएको जनाउँदै दलका नेता थुन्ने त के हाम्रो पछाडि लागेर झिँगा धपाउने हैसियत पनि छैन,बाबु तिम्रो भनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *