जेनजी आन्दोलनको आडमा राजनीतिक दलले गरेको योगदान मेट्ने प्रयास
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताएका छन्।
भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै नेता सिंहले राजनीतिक दलका नेताहरूको घरमा तोडफोड र आगजनी गरिनुले जेनजी आन्दोलनको आडमा दलको योगदान मेट्ने प्रयास भएको बताएका हुन् । उनले भने, ‘यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ ।’ उनले आगलागी र तोडफोड भएको घटनामा निष्पक्ष छानबिन गर्नुपर्ने बताए।
सिंहले प्रदर्शनमा घुसपैठ भएको पनि बताए।