बालेनप्रति हर्कको कटाक्ष–उहाँ लुक्नु हुन्छ, म देखिन्छु
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)प्रति कटाक्ष गरेका छन् । उनले बालेन लुक्ने तर आफू देखिने जनताको प्रतिनिधि भएको बताएका छन् । धरानमा आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुराकानीमा उनले भने, “म देखिन्छु, उहाँ (बालेन) लुक्नु हुन्छ । हर्कले सबैले खोजेका बेला पनि ननिस्कने कहाँ लिडर हुन्छ भन्दै प्रश्न गरे । उहाँ युवाले बोलाउँदा आउनु भएन । म काठमाडौं पुगे । सबैले खोजेका बेला पनि ननिस्कने कहाँ लिडर हुन्छ ?, उनको प्रश्न गरे । उनले बालेनलाई धरान महोत्सवमा बोलाएको स्मरण गरे ।
पहिले त धरान महोत्सवमा बोलाएको थिएँ । उहाँसँग राम्रै हो सम्बन्ध तर चाहिएका बेला उहाँ नआउनु हुँदो रहेछ, साम्पाङले भने । बालेनलाई जेनजीले प्रधानमन्त्री बनाउन खोजेका थिए तर किन ब्याक भएको भन्दै प्रश्न गरे । उनले बालेन प्रधानमन्त्री बन्न नआएपछि युवाहरूको माग आफूतिर नै भएको तर उनले सुशीलालाई समर्थन गरेको बताए । “मलाई खानेपानी र श्रम मन्त्रालयको जिम्मेवारी दिने सल्लाह भएको रहेछ । मलाई उपप्रधान तथा गृहमन्त्री दिने भन्ने पनि तयारी रहेछ, बालेनले नमानेको भन्ने आयो, भित्रबाट खेल्ने उहाँ नै हुनु हुँदोरहेछ, साम्पाङले भने ।
















