टीभीएसको अत्याधुनिक अपाचे आरटीआर १६० २ भी एफआइ र रेडर आइगो बाइक नेपाली बजारमा


काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा दुई लोकप्रिय मोटरसाइकल अपाचे आरटीआर १६० २ भी एफआई र रेडर आइगो सार्वजनिक गरेको छ । यी नयाँ मोडलहरू उत्कृष्ट पावर, माइलेज, उन्नत प्रविधि र आकर्षक मूल्यसहित बजारमा कम्पनीले ल्याएको हो । कम्पनीका अनुसार टीभीएस अपाचे आरटीआर १६० २ भी एफआईमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई) प्रविधि जडान गरिएको छ । जसले विभिन्न राइड मोडहरूमा भिन्न–भिन्न पावर प्रदान गर्छ । सार्वजनिक बाइकमा १५९.७ सीसी इन्जिन, स्पोर्टस मोडमा १६.०४ पीएस पावर र १३.८५ एनएम टर्क, अर्बन र रेन मोडमा १३.३० पीएस पावर र १२.७ एनएम टर्क इन्जिन र पावर उपलब्ध छ । आरटीएफआई प्रविधिका कारण ५० किलोमिटर प्रति लिटरभन्दा बढी माइलेज छ । स्पोर्टस, अर्बन र रेन गरी तीनवटा ड्राइभ मोडहरू उपलब्ध छ । यसैगरी, सुपरमोटो सिंगल च्यानल एबीएस (एन्टी–लक ब्रेकिङ सिस्टम) र डुअल रोटर पेटल डिस्क ब्रेक सुरक्षा उपलब्ध छ । यसमा प्रविधि जीटीटी (ग्लाइड थ्रु टेक्नोलोजी), नयाँ एलईडी हेडल्याम्प र डीआरएल, एल्केन्ट्रा जस्तो रेसिङ सिट, ह्यान्डल बारमा एन्टी–भाइब्रेसन वेटहरू रहेका छन् । यस्तै, स्पोर्टस मोडमा १०७ किलोमिटर प्रतिघण्टा र अर्बनररेन मोडमा ९७ किलोमिटर प्रतिघण्टा टप स्पिड रहेको छ । बाइकको मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार टीभीएस रेडर आइगो नेपालको लागि एक विशेष र प्रदर्शनउन्मुख १२५ सीसीको मोटरसाइकल हो । यसमा थ्री भल्भ इन्जिन रहेको छ । जसले १२५ सीसीको भए पनि १५० सीसी बराबरको पावर प्रदान गर्छ । जुन काठमाडौंको व्यस्त सडकमा पनि ६० किलोमिटर प्रति लिटरभन्दा बढी माइलेज दिन्छ । थ्री–भल्भ इन्जिन, एयर र ओइल कुलिङ प्रणाली उपलब्ध छ । ९९ प्लस कनेक्टेड फिचरसहितको टीएफटी क्लस्टर, साइलेन्ट स्टार्ट (आईएससी), फाइभ–स्टेप एडजस्टेबल मोनो–शोक सस्पेन्सन, जीटीटी (ग्लाइड थ्रु टेक्नोलोजी), यूएसबी चार्जिङ पोर्ट, अन्डर सिट स्टोरेज, साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच र एसटी (सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजी) उपलब्ध रहेको छ । ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ५।८ सेकेन्डमा प्रर्दशन गर्न सक्छ । एलईडी हेडल्याम्प र डीआरएल, स्पोर्टी फ्युल ट्याङ्क र स्प्लिट सिट रहेको छ । यसको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ तोकिएको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक अखिल गुप्ताले नेपाली बजारमा यी दुई फिचर लोडेड बाइक सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे । उनले युवा राइडरहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी तयार पारिएका यी मोडेलहरूले बजारमा उत्साहजनक प्रतिक्रिया पाउने दाबी गरे। सार्वजनिक कार्यक्रममा कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय विभागका वरिष्ठ उपाध्यक्ष राहुल नायकको पनि उपस्थिति रहेको थियो । जगदम्बाले नेपालभरि ६० भन्दा बढी बिक्री केन्द्रहरू र २६ सेवा केन्द्रहरूमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ । टीभीएस मोटर कम्पनीले हाल ८० भन्दा बढी देशहरूमा व्यवसाय विस्तार गरिसकेको छ । कम्पनी डेमिङ पुरस्कार प्राप्त गर्ने एकमात्र दुईपांग्रे सवारी निर्माता हो ।
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *