सुशासनको लागि भएको उदाउँदो पुस्ताको आन्दोलनमा स्टेट देखि स्ट्रीटसम्मको हालतः पुराना शक्तिले उल्टै हठ डकार्ने कि अब सुध्रिने ?
“सरहदोँ पर बहुत तनाव है क्या, कुछ पता तो करो चुनाव है क्या,खौफ बिखरा है दोनोँ सम्तो मेँ,तीसरी सम्त का दबाव है क्या”(डा.राहत इन्दौरी,गजल साहित्य लेखक,भारत) ।
सर्व प्रथम म मेरा २० वर्ष पहिले साप्ताहिक रविवार –जनभावना र केही वर्ष अघि सत्याग्रह,साघुँ,सप्ताहिक लगायतमा समावेश गरिएका केही भनाई राख्द्छु –“हिजोसम्म चप्पल लगाएर हिड्ने नेताहरूको आज काठमाडौंमा ठूला घर छ्न,गाडी छन,तिनीहरुकै छोराछोरी महङ्गा स्कुलमा पढ्छ्न”–दुर्गा सुवेदी,नेका । “गलत तरिकाले मलाई प्रम हुनुछैन,तिमीहरूलाई चाहिए खाओ,मलाई त जनताले एक अशल मानिस थियोे भनेर समझिदिए पुग्छ”–मनमोहन अधिकारि,पुर्व प्रम । “अहिलेका नेतासँग सबै छ मसँग किन छै”–ढुन्डिराज शस्त्री,पुर्व मन्त्री नेका । “ भ्रष्ट पन्च र नेका नेता बीच भेद छुट्टाउन गा¥हो भएको छ”–शैलजा आचार्य,पुर्व उपप्रम,नेका नेता) ।
मनमोहन कारडिओ…अस्पताल महाराजगञ्जबाट विरामी भाई भोजराज बरालको स्वास्थ्य अवस्था बुझेर वि.सं.२०८२ भदौ २३ गते हेरेर सभा २ बजे धुलिखेल जाने मयुर बस चढेँ,बसमा त्यही दिनदेखि शुरु हुने उदाउँदो पुस्ता–न्यु योर्क टायम्सका लेखमा बढी प्रयोग हुने शव्द(?) ‘जेन–जि’ को सरकारलाई भ्रष्टचार–सोसल मेडीया बन्द–नेताहरुको छोरा छोरीको ऐयासी जीवनको विरोध,गर्दै सुशासन कायम गर्नको लागि खवरदारी अभियान शुरू हुने भएकोले सबैलाई जिज्ञाशा थियोे,मैले वि.सं.२०५५ साल देखिका राष्ट्रीय दैनिक लगायत विभिन्न साप्ताहिकहरुमा प्रकाशित मेरा खवरदारी लेखहरुका केही विचारहरु भनेँ ।नेपालमा पढेर पनि के गर्नु देश नै छोडेर जानुपर्छ भन्दै मसँग बसमा यात्रा गरिरहेका उदाउँदो युवा पुस्ता निराश तथा हतास देखिन्थे,मैले आशावादी हुनुपर्छ भनेँ ।

बसबाट नयाँ ठिमीमा उत्रिएर केहि पर पुगेपछि जेन–जि को आन्दोलनका समाचार सुनेँ । र,आजसम्म आईपुग्दा पूर्व प्रम सुशील कोइरालाले ठुलो स्वरले त मलाई पनि बोल्न आउँछ तर र जिब्रोलाई नसम्हालेर बोलेमा समस्या हुनेछ,जिव्रोको महिमा मिठो बोलीमा भनेर त्यस बेलाका नेता कार्यकर्तालाई भन्न ुभएको र प्रथम जननिर्वाचित प्रम बीपीका सुपुत्र प्रकाश कोइरालाले नेपालको सबैभन्दा ठुलो समस्या भनेको खुला सिमाना हो (मेरो प्रकाशित लेखमा पनि राखेको थिएँ) भन्ने कुराको त्यसैगरी नेका नेता र पुर्व मन्त्री प्रदिप गिरिले मरिचमानले भारतलाई नचिनेर मुर्खता गरेकोले पन्चायत गएको भनेर लेख्नुभएको अनि राजीनामा दिए पछी मलाई भारतले हटाएको हो–म बाजी भिम मल्ल भएँ भनेर पुर्व प्रम केपी ओलिले गुनासो गर्नु भएको त्यसैगरी ईमानदारको सट्टा जोसँग पैसा छ–जसले खर्चगर्न सक्छ उसलाई नै निर्वाचनमा उम्मेदवारी दिने पार्टीका नेतृत्वको प्रवृतिले समस्या ल्याउने गरेको भनेर पुर्व स्वास्थ मन्त्री–नेका नेता प्रदीप पौडेलले व्यक्त गर्नु भएको बिचार र प्रचण्डले बिगतमा आगो ओकल्ने–यो टेलरमात्र हो हेर्दै जानु,यो सरकारलाई ढाल्न सक्छौँ तर हतार छैन,जनतामा आक्रोश छ–सरकार नसच्चिए श्रीलङ्का–बङ्गलादेशको घटना हुनसक्ने,नेकपाको बहुमतको सरकार हुँदा हाम्रा नीति र कार्यक्रम दलाल पुँजीवाद पोस्ने खालका भए–हामी राजा महाराजा जस्ता भएकाले जनताले लखेटने छन (माओले “यदी तपाईँहरू राजा महाराजा जस्तो हुनु भयो भने एकदिन जनताले खेद्ने छ्न”भनेर पार्टीको बैठकमा भन्नु भएको कुरा सहित प्रचण्डको माथिका भनाइ समेतलाई मैले विगतमा आफ्नो लेखमा राखेको थिएँ) भनेर दिनु भएको चेतावनी र बिगतमा माओवादी सरकारमा हुँदा एनजीओ बन्द गर्न भनेपनि बन्द नगरेको अनि हालैको एक बहसमा एनजिओ एवं खुला सीमाना नेपालको समस्या हो भनेर पुर्व माओवादी ,राजनीतिक बिश्लेश्क,त्रिमुल पार्टीका अध्यक्ष भरत दाहालले भन्नू भएको समेतको पनि सम्झना भै रहेको छ । पुर्व रअ पदाधिकारीहरु एन के सूदले नाकाबन्दीको सन्दर्भमा केपी ओलि चीनिया कुत्ता है तथा लकि बिष्ट्ले ओलि सरकार गिरजायेगी भनेर बिगतमा र हालको आन्दोलन पछि गठन गरेको नेपाल सरकारका अन्तरिम सम्माननीय प्रम सुशीला कार्कीलाई डीप स्टेट्ले बनाएको र यत्रो आन्दोलनमा भारतको रअ के हेरेर बसेको–नेपोलियनलाई नेपाली भन्ने ओलि त भारत बिरोधि सेन्टिमेन्ट फैलाउने गर्छन् (आईएसआरजि एनके सूद,१४ सेप्टेम्बर ई.सं.२०२५) भनेर किन भनेका होलान् ? भारतीय सोसल मेडियाले नेपालको जेन–जि आन्दोलनको पछाडी बिदेशी ताकत छ भनेर खाशगरी अमेरिकालाई किन आरोप लाएका होलान् ? किन भारतीय मेडीयाहरु नेपाल अव भारतको २९ औँ राज्य हुँदै छ भनेर प्रभार गरेका होलान ? इतिहासमा पहिलो पटक बौद्ध धर्म गुरु दलाई लामाले र तिव्वती प्रशासनका नेताले नेपालका वर्तमान प्रम(अन्तरिम प्रम स.सुशिलाकार्की) लाई बधाई दिएका होलान ? छक्क परेको पनि छु । “बुर्जुवा प्रजातन्त्रमा मिसिएका केहि कम्युनिस्टले भ्रष्टाचार गर्नु र जनयुद्धबाट १० वर्षमा राजनीतिक परिवर्तन ल्याउने माओवादीले भ्रष्टाचार गर्नु फरक हुन्छ ,जनताले भरोसा गरेका प्रचण्डबाट समेत जनता निराश भएकोमा दुखित हुनु स्वभाविक हो”(आनन्दस्वरुप वर्मा,भारतीय बामपन्थी नेता । नयीँ प्रकाश्–अनलाइन टीभी युट्य्व । नेपाल जेन–जि प्रोटेस्ट । ०९सेप्टेम्बर ई.सं.२०२५ । भारत) भन्ने कुरामा पनि अर्थ लुकेको पो छ कि ? । अहिले आन्दोलन नभएको भए अपराधीहरुलाई पार्टीमा हुल्ने तर आफ्ना नेताहरुको सदस्यता नविकरण नगर्ने,पुराना नेतालाई वास्ता नगर्ने आफूलाई ‘स्टेट’ ठान्ने नेताहरु ‘स्टेट’को उचाईबाट कुनै हालतमा तलको ‘स्ट्रीट’ मा नझरी हुई हुई र सुई सुईमा रमाईरहेका हुन्थे,आन्दोलनमा घुसपैठ भएकोले अराजक भएको भन्ने लगायतका जनताको बीचमा चलेको चर्चाहरु पनि सम्झने खालको छ । कुनै पनि देशलाई दोषलाउनु भनेको आफ्नो कमजोर क्षमता–योग्यताको प्रस्तुती हुने भएकाले अहिलेका सरकारलाई जटिल विश्व तथा नेपालको भू–राजनीति बुझेर राम्रो गर्नु हुनेछ र भू–राजनीतिले बाहिर अनेक नाम दिएर सारमा ‘भू–राजनीति आतङ्क’ पनि फैलाउन सक्छ भन्ने आशङ्काप्रति चाहिँ सजग–सचेत हुँदै अघि बढ्न् पर्छ भन्ने आशा गर्दै,ईण्टरनेट नजोडे कराएर घर थर्काउने उदाउँदो पुस्तालाई मात्र हैन यो सामाजिक मिडिया राज्य र समाजका हरेक क्षेत्रको जिविका आर्जनको लतयुक्त अपरिहार्य साधन भएकोमा सरकारले यसलाई उचित व्यवस्थापन नगरे परिवार–राज्य–समाजलाई पर्ने अशर बारे बहस गरेर चित बुझाएर क्रमशः ब्यवस्थापन गर्न सक्नु हुनेछ ।
पुरानो नेताबाट निराश भएका उदाउँदो पुस्तालाई निराश भएका जनताले परिवर्तनको लागि साथ दिएकाले भएको हो कुनै २–४ जनालाई देवत्व नगरीकन अनि गरिबीको घरमा चुलो बाल्न कठिन भएको बेला गरिवका कर रगत पसिनाले समेत बनाएका सार्वजनिक सम्पत्ति द्न्केको,क्षत–विक्षत भएको –भ्रष्टाचारको बिरोध गर्दा भ्रष्टाचारको कूल रकम भन्दा बढी क्षति भ्रष्टाचार बिरोधि आन्दोलनको क्रममा भएको–आफ्नो अनुकुलको सरकार भएन भने हिजो प्रतिकुल भन्दै सत्तामा भएको सरकार पल्ट्याएर आफैँले बनाएका र आफैँले लोकतान्त्रिक सरकारको उपमा दिएकालाई बिकासका दाता संस्था समेत खुल्ला गर्दै जे जे गर्नपनि छुट दिएर पुल्पुल्याएका नेताहरू तथा सरकारलाई अनेकौँ बहानामा फेरि आफैँले नै ढाल्ने पनि उहि बाहिरका जुनसुकै बादि अनेकौँ शक्तिशालीहरु नै हुनसक्ने सम्भावना हुँदैन भनेर विश्वासगर्न नसकिने रहेछ भन्ने कुराको समेतको हेक्का राख्दै,लोकप्रिय भन्दा व्यवहारिक निर्णय गर्ने,आन्दोलन औ खवरदारी गर्दा असामाजिक तत्वहरुको घुसपैठ नहोस,अराजकता फैलाएर दण्डहिनता संस्कृतिको विकास नहोस् भन्ने कुराको लागि आन्दोलन भित्र प्रवेश गरेका अपराधीलाई सजाय दिने गरी साथै गुम्बा–मन्दिर–बिहार–चर्च–गुरुद्वार–दलहरुको मिलिभगतमा नीति एवं कार्यक्रमगत भ्रष्टाचार समेत गरेर पर्यटनको नाममा जथाभावी खुलेका रिसोर्ट–क्याफे–डिस्को घर(पर्यटनको नाममा नेपालको ठमेलमा अनेक विवादमा मुछिएका मानिसहरुको अखडा हुने गरेकाले त्यहाँ पनि हिंसा हुने गरेको पाइन्छ),शरणार्थी सिविरहरूमा समेत अस्थिरता फैलाउने गतिविधिको जमघट हुनसक्ने सम्भावना भएकोले बेला बखत अनुगमन गर्न सकिन्छ ।रावणका दरवारीयाहरूले हनुमानको पुच्छरमा आगो लाउदा ताली पिटने भीडले लङ्का जलेर बाल बच्चा सहित सार्वजनिक सम्पत्तिको नोक्सान भएकोमा कस्तो मुर्खता गरेको कहिँ बादरको पुच्छरमा आगो झोशेर छोडनु हुन्छ त भनेर त्यही ताली पिट्ने भीडले गाली गरेको सम्झदै अनि अरुबेला स्तुति माइकलाल जन्माउनेहरु पनि परेको बेला काँध थाप्न आउने रहेनछन् त भन्ने कुरा मनन् गरेर हाल अर्को अन्तरिम कानुनी ब्यस्था गर्दै प्रदेश प्रमुख रहन सक्नेछन् तर प्रदेश सरकार खारेज हुनसक्छ बरु स्थानीय निकायलाई पुर्ण अवधि काम गर्न दिने,उधमिले दल पाल्नु पर्ने–अपारदर्शी करोडौँ खर्चमा चुनाव लडने व्यवस्थामा सुधार एवं अपराधीलाई दल भित्र प्रबेश गराउने दललाई कारवाही गर्ने लगायतका विषयमा प्रवेश गर्दै राज्यलाई ‘हैटिकरण–बोको हरामिकरण’ हुनबाट जोगाउने र हामी फलानो दलको सहयोगको लागि काम गर्दैछौ भनेर भन्ने विभिन्न आरोपमा मुछिएकाहरुको अनुशासन तथा कानून तोड्ने गतिविधिलाई नियन्त्रण गर्दै सहि मार्गमा लगाउनु पर्छ ।

राजनीतिले गर्दा राज्यको हरेक तह र अङ्ग बिभाजित भएकोेले राजनीतिमा देखिएको बिकृती एवं विसङ्गतीले राज्यको सबै क्षेत्र कुहेर गन्धपुरी भै सकेको कुरा गम्भीर रुपमा मनन् गर्दै अहिलेको सरकार हाक्ने समुह पनि अशल नै होलान् र राज्य पनि छ भन्ने भरोसामा भारतीय साहित्य लेखक नाथुराम कस्वाँको कविता( हेर्नुहोस् द्रष्टव्य)ले भने जस्तैगरी सरकार कुनै पनि जाहिलहरुको हातमा पक्कै नपर्नु हुनेछ र हिरण्य कशेपुको जस्तै हठ प्रवृति पनि अवश्य लिनु हुन्न तथा १,४७,१८१ वर्ग किमिको नेपालमा अनावश्यक शासकीय तहका तामझाम आवश्यक हुन्छ र ? सरकारले यतीवर्ष देखी यती सम्मका नभनेर हाललाई विगत ६–७ वर्षका वा चर्चामा आएका ३०–३५ निर्णयहरुलाई केलाएर हेर्दा जे हुन्छ त्यही अनुरुप पूर्वाग्रह नराखी कारवाही मात्र गरेपनि दृष्यहरु छर्लङ्ग भै हाल्छ जस्ता अनेकौँ जनताको भित्री मनले उब्जाएका जिज्ञाशाहरुको सम्वोधन हुनेछ भन्ने भरोसा र विस्वास जनतामा दिलाउनु होस् साथै कर्मचारीतन्त्र नै राजनीतिक दलको रुपमा भएकाले सरकारको सेवाप्रवाहमा प्रतिकुल अशर परेको भन्ने जनगुनासो सम्बन्धमा बहश हुने गरेतापनि सुधार हुन नसकेकाले प्रगतिशिल सुधार हुनेछ भन्ने पनि आशा गर्दै,कोरोना कालमा देश र जनताप्रति उत्तरदायी राज्यले निजि क्षेत्रको भर नपरेर तल्लो तहका उभमीलाई माथी उकास्न खोज्दाा ५० हजार भन्दा बढीको कल्याण भएको तर अनलाइन र नीजि क्षेत्रकोमात्र भर पर्दा ३० जना नयाँ अर्वपति सिर्जना हुदाँ ५० हजार भन्दा बढी साना उधमी व्यवसायीको उठीबास भएको र अमेरिका र विश्वमा नै विश्व बैङ्क तथा आईएमएफको विवादस्पद भूमिकाप्रति विवाद बहश शुरु भएकाले नेपालमा पनि हिजोका आर्थिक र डेलीभरीमा उदारीकरणका अवस्थामा भन्दा राज्यको भूमिका अझ प्रभावशाली एवं सक्रिय हुनुपर्छ भनेर उठेका बहशतर्फपनि ध्यान दिनु हुनेछ भन्दै सफलताको पूर्ण शुभकामना !
“रोक्ने को हो दुरदर्शि बिचारका धारा,को हो नयाँ नेपालको बोक्ने अभिभारा”(गोकुल जोशी ,नेपाल ) भनेर नयाँ नेपालको अभिभारा बोक्ने विस्वास दिलाएका सबै राजनीतिक दलले काम त गरे,बाझो पनि जोते तर पनि जन अपेक्षा अनुरुप गर्न नसकेर निराशा दिलाएका रहेछन् भन्ने परिस्थितिले देखायो । जेन–जी आन्दोलनले सिकाएको पाठले सिकुन–अहङ्कार नडकारुन बरु बिगतको भूल स्विकारेर उदाउँदो पुस्ताको वर्तमान परिवर्तनलाई नयाँ अवशरको रूपमा लिएर आफ्नो आत्मा मुल्याङ्कन–स्वोट एनलाईसिस गरेर जनताको मनमा बस्दै अघि बढुन भन्ने शुभकामना !
उदाउँदो पुस्ता–जेन जिको आन्दोलनको क्रममा शहीद हुनुभएका भविष्य्का आशाका किरणहरुप्िरत भावपुर्ण श्रद्धाञ्जली ! परिवारजनमा विनम्र–हार्दिक समवेदना !

“बहुत ही सादा है तू और जमाना है अय्यार । खुदा करे कि तुझे शहर की हवा न लगे”(नाशिर काजमी,पाकिस्तान) । उदाउँदो पुस्ता(जेन–जी) नव युगको अनुशासित,लगनशिल,सदाचारी प्रवर्तक हुन न की उनीहरु सोसल मेडीयामा राम्रो विचार हेर्न नचाहने तर हावादारी र नकारात्मक विचार हेरेर मनोस्थिति बनाउने र सहजै बहकीने–मेहनत गर्नु भन्दा कल्पनामा रमाउने–अरुले गरेकोबाट सिक्न नचाहने,गलत आदतमा सहजै लाग्ने–व्यवहारिक र सामाजीकरण हुन नखोज्ने तथा अरुलाई दोषमात्र दिने खालका अर्को रुपका जेन–जी(गडबडीमात्र सोच्ने,गर्ने–ग्रुप) कुनै हालतमा हैनन् भन्ने जनतामा पुर्ण बिश्वास र अनुभुति सदा रहोस्–हिजो आफ्ना हजूरबा,दाजु,फूपू,काका सबैले माया गरेर ल्याएको परिवर्तन भन्दा त बरु पुरानो ब्यवस्था नै ठिक थियो कसरी भ्रष्टाचार अपराधमा परिणत हुँदो रहेछ,अग्रगामी भनिएका नेता कसरी प्रतिगामी नेता भन्दा गए गुज्रिएका बन्दा रहेछन्,छोटे श्री ३ हरु भन्दा बरु एउटा श्री ५ नै ठिक भन्ने जस्ता कुरा जनताहरुले किन उठाउने गरेका छ्न अहिले भन्ने मनन गरेर अघि बढुन,जेनजीका नेता प्रवेश दाहालले भने झैँ देश सबै मिलेर बनाउनु होस्, सत्य र तथ्यको धरातलमा टेक्ने र पूर्वाग्रहपूर्ण व्यवहार तथा प्रतिसोधको भावना नराखी पनि देश बनाउन सकिन्छ भन्ने उदाहरण विश्वलाई दिनुहोस–हार्दिक शुभकामना !
यो प्रस्तुती अनौपचारिक सारांश–टेलर मात्र हो । चलचित्र देखाउनेतिर लाग्यो भने धेरै नाङ्गै पो देखिन्छ कि भन्ने नकारात्मक तथा भ्रामक त्रास त मलाई लाग्छ भने अरु सर्वसाधारणलाई त झन लाग्दो हो । पुराना पुस्ताका नेताको अनुभव समेटेर उदाउँदो जेन–जि पुस्ताले अघि बढ्नु ठिक होला कि ? दोश्रो पुस्तामा केहि नेता बाहेक अरु भरपर्दाे तथा विस्वासीलो छ्न र ? केही नयाँ (दोश्रो) पुस्ताका नेताहरुको गतिविधि र हिमचिमले देश र जनतालाई भन्दा अदृश्य देश बाहिरका शक्तिहरुलाई पो फायदा पुग्ने हो कि ? भन्ने जस्ता नचाहिदा–नकारात्मक र भ्रामक शङ्का गरेर,भ्रम पालेर किन जनमन शङ्कारहित हुन नसकेका होलान ? यी नकारात्मक सोच तथा भ्रम मात्र हुन भन्ने कुरा व्यवहारमा सबै दोश्रो पुस्ताका नेताहरुले प्रमाणित गर्नु हुनेछ ,शुभकामना !
द्रष्टव्यः “हुन त म पनि खुल्ला पुस्तक हुन गएँ । तर के गर्नु असभ्य–अशिष्ट–अनपढ् हरुको हातमा पर्न गएँ ।। बनने को तो हम भी खुली किताब बन गए । मगर अफ्सोस के जाहिलोँ के हाथ लग गए ।।” (नाथुराम कस्वाँ । खुली किताब । अमर उजाला दैनिक अनलाइन संस्करण,भारत । पाठककी स्वरचित रचना–मेरे अल्फाज । सेप्टेम्वर ई.सं.२०२५) ।
(तस्वीरः लेखकको बस यात्रा तथा जेन जी हार्दिक श्रद्धाञ्जली लेखकबाट र जेन जीको प्रर्दशन जादभपुर विश्वविधालयकी डिपार्टमेण्ट अफ इन्टरनेशनल रिलेशनकी पोष्ट ग्रेजुएट हृदविना चटर्जीको मिति सेप्टेम्बर १३ ई.सं. २०२५ मा ‘द डाईलेक्टिभ्स’ अनलाइनमा प्रकाशित ‘डिसपाइट चावोस द जेन जी मुभमेण्ट सिग्नल्स नेपाल इज म्याचुरिङ्ग एैज अ डेमोक्रेसी’ शीर्षकको लेखबाट । अधोभार २० सेप्टेम्बर ई.सं.२०२५ साँझ ५.४९ मिनट मार्फत गुगल इण्टरनेट ) ।