बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
काठमाडौं । सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ ।
सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ, राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ । आरटिजिएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।