मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो । रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात गत राति रोकिएको थियो । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझमात्र एकतर्फी खुलेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *