नवकान्तिपुर बचत स्थापनाको २९औं वर्षमा

काठमाण्डौं । बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २९ औं वर्षमा प्रवेश गरेको छ । संस्था २०५४ भाद्र २४ गते दर्ता भई असोज ७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र रहेको यस संस्थाले वित्तीय कारोबारको अतिरिक्त सदस्य केन्द्रित अन्य सेवा प्रवाह गर्दै आएको छ । स्थापना दिवसको अवसरमा संस्थाले हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा संस्थाले प्रदान गर्ने सेवा तथा सुविधामा नविनता प्रदान गर्दै प्रतिफलमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । चालु आर्थिक वर्षको भाद्र मसान्तसम्म आईपुग्दा ८ हजार ८ सय ५६ जना सेयर सदस्य संस्थामा आवद्ध भएको छ । संस्थाको सेयर पुँजी ९ करोड २२ लाख, जगेडा कोष २० करोड ४४ लाख, कुल संस्थागत पुँजी २० करोड ४८ लाख, विभिन्न कोष १० लाख, कुल बचत २ अर्ब १९ करोड ९४ लाख, कुल कर्जा १ अर्ब ३२ करोड १८ लाख, बैंक तथा नगद मौज्दात १ अर्ब १ करोड रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *