सुनको मूल्य आज तोलामा ३९ सयले बढ्यो

काठमाडौं । सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार अघिल्लो दिन सोमबारको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ र यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *