‘मिस युनिभर्स नेपाल २०२५’ को उपाधि सान्या अधिकारीलाई
काठमाडौं । ‘मिस नेपाल युनिभर्स २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित ग्रान्ड फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौैथो उपविजेता घोषित भए । विजेता अधिकारीले २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरेकी छन् ।

उनले आउँदो २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ । मिस युनिभर्स संसारका शीर्ष ५ सौन्दर्य प्रतियोगितामध्ये पर्छ ।