अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न पत्र
काठमाडौं । अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवा सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार (असोज १०) गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । मन्त्रिपरिषद्को आइतबार (असोज ५)को निर्णयअनुसार अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न पत्र लेखिएको मन्त्रालयले जनकारी दिएको छ । पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान गर्नुरगराउनु हुन र कानुनबमोजिमबाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न,गराउनका लागि अर्थ मन्त्रालयबाट मिति २०८२।०६।१० मा गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरिएको व्यहोरा जानकारी गराइन्छ, अर्थ मन्त्रालयले भनेको छ ।