जोगबनी बजार तनावग्रस्त

विराटनगर । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी शुक्रबार तनावग्रस्त बनेको हो । दसैँको किनमेलका लागि नेपालबाट ठूलो संख्यामा उपभोक्ता जोगबनी पुग्ने गरे पनि अहिले नेपाली पक्षबाट सीमा नाका बन्द गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालतर्फको सीमा अस्थायीरूपमा बन्द गरिएको जानकारी दिए । सीमामा पुगेका धेरै नेपाली उपभोक्ता फर्किएका छन् । अहिले जोगबनीमा नाराबाजी जारी छ भने ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ । चाडपर्वको समयमा सस्तो बजारका कारण नेपालीहरूको भिड लाग्ने जोगबनीमा यसपटक तनाव र सुरक्षाको कारण किनमेल प्रभावित भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *