भारतविरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोलीको घोषणा

काठमाडौं । भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको शुक्रबार नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्यप्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण फुटबलको निम्ति ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, खेल भारतको सिक्किममा अक्टोबर २६ मा हुनेछ । प्रारम्भिक टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी र लिला जोशी छन् ।

त्यसैगरी, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला बिक, पूजा राना, अमृता जैशी, सजनी ठोकर, हिरा कुमारी भुजेल, नेहा कुमारी चौधरी छन् । मिडफिल्डरमा विमना चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविताराना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सेनु परियार, सुक्रिया मिया छन् । त्यसैगरी, फरवार्डमा रश्मि कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *