माछापुच्छ्रे बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न
पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २७ औँं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०८१।८२ को बार्षिक प्रतिबेदनपारित गर्नुका साथै आर्थिक बर्ष २०८१।८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्तावपारित गरेको छ । जसमध्ये, चुक्तापूँजीका ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) प्रदानगर्ने प्रस्ताव पारित गरेको हो ।
माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ । बैंकले उक्त नगद लाभांश दशै अगाडी नै सम्बन्धित शेयरधनीको खातामा पठाइसक्ने छ । बोनस शेयर वितरण पश्चात बैंकको कुल चुक्तापूँजी १२ अर्व ८करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १६ रुपैंया २१ पैसा कायम गरेको थियो । होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।