राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्नू : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट गर्न प्रहरीलाई निर्देशन दिएका छन् । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षण गर्न पुगेका मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिएका हुन् । निरीक्षणपछि गृहमन्त्री अर्यालले पत्रकारसित भनेका छन्, सबै फाइलको ब्रेक थ्रूु हुन्छ । राजनीतिक दबाबका कारण रोकिएका फाइलहरू अघि बढ्छन् । सीआईबी प्रमुखमा केही दिनअघि मात्रै सरकारले एआईजी मनोज केसीलाई ल्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *