बुडोल सामुदायिक साकोसद्वारा २४० जेष्ठ नागरिकलाई सम्मान

बनेपा । बुडोल सामुदायिक बचत तया ऋण सहकारी संस्थाले संस्थामा आबद्ध ७५ वर्ष उमेर पुरा भएका २४० जना जेष्ठ नागरिक सदस्यहरुलाई एक कार्यक्रमको बीच आज सम्मान गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाको मुख्य कार्यालय र सेवा केन्द्रहरु मार्फत ब्लाङ्केट, रामनामी सल, सातु र नगद ३ सय रुर्पयाँ उपहारसहित सम्मान गरिएको संस्थाको ब्यवसाय प्रवर्द्धन विभागका प्रमुख उमेश आचार्यले जानकारी दिनुभयो । कार्यालयसम्म आउन नसक्ने अशक्त सदस्यहरुलाई संस्थाका प्रतिनिधिहरू घर घरमै पुगेर सम्मान गरिएको प्रमुख आचार्यले बताउनुभयो ।

संस्थाले विगत २२ वर्षदेखि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा हरेक वर्ष जेष्ठ नागरिक सदस्यहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आएको छ। हरेक वर्षको अक्टोबर १ मा विश्वभर अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईन्छ । यस वर्ष अक्टोबर १ मा दशैं परेका कारण संस्थाले आजनै कार्यक्रम गरी सम्मान गरेको हो । बुडोल सामुदायिक साकोसले बचत तथा ऋण कारोबारसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणसहित नियमित रुपमा समाजसेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *