शिखर इन्स्योरेन्सले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी फछ्र्यौटलाई बनायो तीव्र

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले जेनजी आन्दोलनका क्रममा सम्पत्तिमा भएको क्षतिको बीमा दाबी फछ्र्यौटलाई तीव्र पारेको छ । यो कम्पनीले ग्राहकमैत्री सेवा र द्रूत गतिमा बीमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेका कारण छोटो समयमै करिब ३० करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको छ । २०८२ भाद्र २३ र २४ मा भएको क्षतिहरु मध्ये कम्पनीबाट छोटो समयमै ४० भन्दा बढी विमितहरुलाई करिब रु.३० करोडको दाबी भुक्तानी भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार भनेको छ । राष्ट्र पुनर्निर्माणको यात्रामा शिखर इन्स्योरेन्सको सहयात्राको प्रतिबद्धताअनुरुप विमित ग्राहकहरुले भोग्नु परेको कठिन परिस्थितिमा तत्काल राहत पुर्याउन तथा राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन दाबी भुक्तानीलाई छिटो, सहज र पारदर्शी बनाउँदै आएका छौं ।

दाबी प्रक्रियालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रक्रिया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा समेत प्रवाह हुँदै आएको छ । कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरुबाट क्षति मूल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण गर्दै आएका छौं । विज्ञप्तिमा भनिएको छ । शिखर इन्स्योरेन्सले विगतमा २०७२ को भूकम्प तथा गत वर्षको बाढीका कारण सृजित बीमा दाबीको समेत पारदर्शी र दु्रत गतिमा बीमा दाबी भुक्तानी गरी दाबी भुक्तानीमा अग्रणी पहिचान स्थापित गर्न सफल रहँदै आएका छौं । आगामी दिनहरुमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन आफूहरु कटिबद्ध रहेको कम्पनीले प्रतिबद्धता जनाएको छ । कम्पनीबाट हरेक प्रतिकुल अवस्थामा अझ सरल, सहज र प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको आर्थिक विकासका लागि कार्य गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गर्दछौं । विज्ञप्तिमा भनिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *