दशैंमा हुन्डाईको ‘हाईवे एस्सुरेन्स केयर फ्री राइड टु होम’ अभियान सुरु
काठमाडौं । दशैंका अवसरमा हुन्डाई गाडी प्रयोगकर्ताका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई गाडीको आधिकारिक विक्रेता) ले हुन्डाई ‘हाईवे एस्सुरेन्स केयर फ्री राइड टु होम’ अभियान सञ्चालन गर्ने भएको छ । असोज ११ देखि १४ गतेसम्म बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत मुख्य राजमार्गका विभिन्न स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना र तनहुँलगायत ११ स्थानमा दक्ष प्राविधिकमार्फत २६–प्वाइन्ट निःशुल्क चेकअप सुविधा दिइनेछ । साथै, गाडीका लागि आवश्यक लुब्रिकेन्ट र कुलेन्ट निःशुल्क उपलब्ध गराइनेछ भने विद्युतीय सवारीका लागि पोर्टेबल डीसी चार्जर पनि उपलब्ध हुनेछ । २०१४ देखि सञ्चालनमा आएको यो अभियान हुन्डाईको बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ । चाडपर्वको यात्रामा ग्राहकलाई सुरक्षित, सहज र झन्झटरहित बनाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।