सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड

काठमाण्डौं । सिद्धार्थ हस्पिटालिटी यस वर्षको साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२५ मा तीनवटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। चार तारे होटल स्तरोन्नतिको अन्तिम चरणमा रहेको चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले ‘लिडिङ रिभरफ्रन्ट होटल,रिसोर्ट’को अवार्ड हात पारेको हो। भैरहवास्थित पाँच तारे होटल सिद्धार्थ भिलासाले ‘लिडिङ वेडिङ होटल’ र ‘लिडिङ मिटिङ एन्ड कन्फरेन्स होटल’ गरी दुई शीर्षकमा अवार्ड जितेको हो। हस्पिटालिटी क्षेत्रमा दक्षिण एसियाकै प्रतिष्ठित मानिने साटा अवार्डमा यसपटक पनि विभिन्न देशका होटल, रिसोर्ट, ट्राभल कम्पनी र एयरलाइन्स सहभागी भएका थिए। सिद्धार्थ हस्पिटालिटीले ग्राहक, साझेदार र कर्मचारीहरूको विश्वास, समर्थन र निरन्तर योगदानकै कारण यो उपलब्धि हासिल भएको जनाएको छ। सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले कम्पनीले यो सफलता आफ्नो ग्राहक, साझेदार र समूहको विश्वास तथा समर्थन बिना सम्भव नहुने भन्दै सबैप्रति आभार प्रकट गरेका छन्। हस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरी रहेका उनी भन्छन, अतिथिहरुको माया र विश्वासले गर्दा नै आज यसरी अघि बढिरहेका छौँ ।

यो उपलब्धि हाम्रो मात्र होइन, ग्राहक, शुभचिन्तक, साझेदारका साथै सम्पूर्ण टिमको हो। सन् १९९८ मा कैलालीको टीकापुरबाट सुरु भएको कम्पनीको यात्रा मुलुकभर फैलिएको छ। सिद्धार्थ हस्पिटालिटी पछिल्लो वर्षमा आतिथ्यताको क्षेत्रमा गुणस्तरीयताको पर्याय बनेको छ। मुलुकका विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीले अब चाँडै भारतमा पनि सेवा विस्तार गर्दैछ। अहिलेको समयमा सिद्धार्थले बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालन गरेको छ। साथै कम्पनीले धनगढीमा पनि सिद्धार्थ कटेज सञ्चालनमा ल्याएको छ। हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका विभिन्न आउटलेटमा दुई हजार ५०० भन्दाबढी प्रत्यक्ष कर्मचारी कार्यरत छन्। आतिथ्यको क्षेत्रमा सबैभन्दा बढी रोजगारी दिने समूहमध्ये सिद्धार्थ होस्पिटालिटी पनि एक हो। कम्पनीले हाल पाँच तारे होटल स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डमा होटल सञ्चालनमा छन्। त्यसबाहेक सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेका साथै पछिल्लो समय कम्पनीअन्तर्गत एस होटल सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *