बडा दशैं २०८२ को शुभकामना
लक्ष्य पूरा गर्नु पर्छ
अकन्टक भाव हाम्रो
नयाँ रुप नयाँ साथ
स्थिर मिल्नु पर्छ राम्रो ।१
बढौं साथि सधै हामि
हित चित्त भावनामा
बडा दशै शौभाग्यको
शुभ लाभ कामना ।२
अल्झिएर बस्नुहुन्न
गरौं जब हित कर्म
बडा दशै मायाँ मोह
भरौ अब प्रित धर्म ।३
सोच्ने बेला भयो अब
लागि परौ सामनामा
आत्मियता सुख शान्ति
बडा दशैं भावनामा ।४
सच्चा रुप लिनु पर्छ
धेय सोचे हुन्छ हित
सम्झे मट्टी चोला मात्र
बढ्दै जान्छ नौलो प्रित।५
साथिभाई दिलचस्वि
उमेरको सम्मानमा
आशिर्वाद दिनु लिनु
सुख सम्झौं यो भावना ।६

जिवनको सङघर्षमा
धेरै झेल्यौं त्यो सामना
सुख शान्त सम्बृद्धिको
शुभ लाभ कामना।७
मान्यजनको हातवाट
आशीर्वाद लिनु पर्छ
कर्म पार श्रष्ठालाई
हित भाव दिनु पर्छ ।८
मुल्यवान बचनले
पूरा गर्नु सामनाका
शिर निहुराई झुक्नु
भाव बोल्नु कामनाका ।९
अटलता रहि रहुं
रिस राग हुन्न गर्न
दुई दिने मट्टी चोला
अखिरिमा पर्छ मर्न ।१०
नव दुर्गे अम्बे माता
तिम्रो गर्छौं आराधना
बडा दशैं पावनको
शुभ मिलोस् कामना ।११