नवरात्रको नवौं दिन, देवी सिद्धिदात्रीको पूजा

काठमाडौँ । आज शारदिय नवरात्रको नवौं दिन । आजकै दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ । यस दिन शास्त्रीय विधि विधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ । सिद्धि भन्नाले आध्यात्मिक शक्तिहरु र दात्री भन्नाले दिने व्यक्ति, अतः देवी सिद्धिदात्री ती शक्ति हुन् जसले भक्तहरुलाई सबै प्रकारका सिद्धिहरु प्रदान गर्नुहुन्छ । सिद्धिदात्रीले दाहिने भुजामा जपमाला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गर्नुभएको छ । देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा विराजमान हुनुहुन्छ । नवौं दिनमा देवीको पूजा तथा आराधना गर्नाले सिद्धि प्राप्त हुन्छ । उनी अन्तिम देवी हुन् र उहाँको ध्यान गर्नाले सबै प्रकारका ब्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् । भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गर्नुभएको छ । यस देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो । यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात हुनुभयो । हामीले माताको पाउमा उपासना गर्न जारी राख्नु पर्छ र स्थिर रहनु पर्छ । यस देवीको स्मरण, ध्यान, आराधनाले हामीलाई यस संसारको जोखिमलाई महसुस गराउँछ र अमृत पदमा पु¥याउँछ । देवी सिद्धिदात्रीकै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्दछन् । “ऊँ ह्रीं चामुण्डायै विच्चे नमो नमः” — देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक उच्चारण गर्नुपर्छ । भगवान शंकर र ब्रह्माजीको पूजा गरिसकेपछि अन्तमा हविहरु चढाउँदै आरती गर्नुपर्छ । हवनमा भएका जुनसुकै भेटी सबै मानिसहरुमा वितरण गरिनु पर्छ ।

ध्यानः
वन्दे वांछित मनोरथार्थ चन्द्रार्घकृत शेखराम् ।
कमलस्थितां चतुर्भुजा सिद्धीदात्री यशस्वनीम् ।।
स्वर्णावर्णा निर्वाणचक्रस्थितां नवम् दुर्गा त्रिनेत्राम् ।
शंख, चक्र, गदा, पद्म धरां सिद्धीदात्री भजेम् ।।
पटाम्बर परिधानां मृदुहास्या नानालंकार भूषिताम् ।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल मण्डिताम् ।।
प्रफुल्ल वदना पल्लवाधरां कांत कपोला पीनपयोधराम् ।
कमनीयां लावण्यां श्रीणकटि निम्ननाभि नितम्बनीम् ।।

स्तोत्र पाठः
कंचनाभा शंखचक्रगदापद्मधरा मुकुटोज्वला ।
स्मेरमुखी शिवपत्नी सिद्धिदात्री नमोऽस्तुते ।।
पटाम्बर परिधानां नानालंकार भूषिता ।
नलिस्थितां नलिनाक्षी सिद्धिदात्री नमोऽस्तुते ।।
परमानंदमयी देवी परब्रह्म परमात्मा ।
परमशक्ति परमभक्ति सिद्धिदात्री नमोऽस्तुते ।।
विश्वकर्त्री विश्वभर्त्री विश्वहर्त्री विश्वप्रीता ।
विश्वार्चिता विश्वातीताऽ सिद्धिदात्री नमोऽस्तुते ।।
भुक्तिमुक्तिकारिणी भक्तकष्टनिवारिणी ।
भवसागर तारिणी सिद्धिदात्री नमोऽस्तुते ।।
धर्मार्थकाम प्रदायिनी महामोह विनाशिनी ।
मोक्षदायिनी सिद्धीदायिनी सिद्धिदात्री नमोऽस्तुते ।।
यसरी सिद्धिदात्री देवीको ध्यान र स्तोत्र पाठ गर्नाले सम्पूर्ण मानव जातिले सिद्धि प्राप्त गर्दछन् । सिद्धिदात्रीलाई श्रद्धा र भक्तिले पूजा तथा आराधना गरेमा पूर्व जन्मको पापबाट मुक्ति मिल्ने, घरपरिवारमा सुख–शान्ति प्राप्त हुने, दुःख–कष्ट हरण हुने र अलौकिक शक्ति प्राप्त हुने शास्त्रको वचन रहेको छ । सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारका सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरू अधिक प्रिय छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *