सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध
विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा बाढीले चार सय बढी विस्थापित भएका छन् । काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ र सुकुना खोलामा आएको बाढीले सिवसत्ताक्षी नगरपालिका–१० खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।
प्रहरीले यातायातका साधनका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । त्यस्तै झापा गाउँपालिका–२ सुगाबथान भन्ने स्थानमा बाढी पस्दा ५६ परिवार विस्थापित भएका छन् । माई खोलामा आएको बाढी शिवसत्ताक्षी नगरपालिका ४, ५, ६ र ७ नम्बर वडाका करिब ३५० घरमा बाढी पसेको प्रहरीले जनाएको छ ।