‘जेनजी’का गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था पारियो मजबुत

काठमाडौं । ‘जेनजी’का गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेज र जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्ने शीर्ष नेतालाई पक्राउ गर्न चौतर्फी दबाब बढाउन थालेपछि काठमाडौंका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयमा प्रहरीको संख्या बढाइएको हो । जेनजी युवाले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् ।

जेनजीको एक समूहले मंगलबार (असोज २१) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तको राजीनामाको माग गर्दै औपचारिक रूपमा निवेदन समेत दर्ता गराएको छ । ओली र लेखकलाई पक्राउ गर्नेबारे सोमबार (असोज २०) साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखसँग छलफल गरेकी थिइन् । यद्यपि, प्रहरीले लिखित निर्देशन माग गर्दै जाहेरी लिन नमानेको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *