प्रधानमन्त्री कार्कीले विदेशस्थित नेपाली नियोग प्रमुखहरूलाई निर्देशन दिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार (असोज २२) विदेशस्थित ४४ नेपाली नियोग प्रमुख र त्यहाँ कार्यरत कूटनीतिक कर्मचारीलाई निर्देशन दिने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार, बुधबार अपराह्न राखिएको भर्चुअल बैठकमा प्रधानमन्त्री कार्कीले देशको पछिल्लो राजनीतिक अवस्थाका विषयमा नियोग प्रमुखहरूलाई विभिन्न निर्देशन दिनेछिन् । “भोलि (बुधबार) अपराह्न विदेशस्थित ४४ वटै नेपाली नियोगका प्रमुखलाई प्रधानमन्त्रीले भर्चुअल बैठकमार्फत परिवर्तित सम्बन्धमा निर्देशन दिनुहुनेछ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले पहिलोपटक विदेशस्थित नेपाली नियोगका प्रमुखहरूसँग आफ्ना धारण राख्न लागेकी हुन् । देशमा शान्ति स्थापना भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन, फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति आवश्यक सहयोग जुटाउन र जेनजी प्रदर्शनका क्रममा ध्वस्त बनेका संरचनाको पुनर्निर्माणमा सहयोग खोज्न प्रधानमन्त्री कार्कीले नियोग प्रमुखहरूलाई विभिन्न निर्देशन दिने तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *