आज ९ ठाउँका सडक पूर्ण रुपमा बन्द

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीनवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध भएको छ । बाढीले इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका ९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ भने पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पूर्णरुपमा बन्द रहेको प्रहरीले जनाएको छ । यस्तै बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका २ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरूद्ध रहेको छ । यस्तै, पहिरोले बीपी रागममार्ग अन्तर्गत रहेको काभ्रेको रोशी खोला गाउँपालिका ११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानहरूको सडक पूर्ण रुपमा बन्द रहेको छ भने बीपी राजमार्ग अन्तर्गत नै रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका(१ नेपालथोक सडक अवरूद्ध भएको छ । यसैगरी कर्णाली प्रदेश अन्तर्गत रहेका हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका ५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका(८ जुगेनी खोलामा रहेको सडक पूर्ण रूपमा अवरूद्ध रहेको छ । यता, कोशी लोकमार्ग अन्तर्गत रहेको साँगुरीगढी गाउँपालिका १ स्थित चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा एकतर्फी रूपमा सडक सञ्‍चालनमा आएको छ । यसैगरी बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका ८ वगुवा खोला र बकैया गाउँपालिका(११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्‍चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
हेर्नुहोस् अवरोध भएका राजमार्ग र सडकको विवरण

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *