चालु बजेटमा २५ प्रतिशत कटौती गर्ने कोसी सरकारको निर्णय

काठमाडौं । कोसी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र पछिल्ला बाढीपहिरोले पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याई रोक्का राख्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार, प्रदेशका कार्यालय र पूर्वाधारमा भएको क्षतिको पुनर्निर्माणका लागि तत्काल स्रोत जुटाउन बजेट कटौती गरिएको हो । मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा ११औँ तहका इन्द्र सापकोटालाई खटाउने निर्णय पनि गरेको छ । बैठकले विपद्पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रकमान्तरलाई खुला गर्ने निर्णय गर्दै प्रभावित क्षेत्रका पुनर्संरचनालाई शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भण्डारीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *