टीओबी समूहका दावामाथि अनुसन्धान गर्दै प्रहरी
काठमाडौं । प्रहरीले तिब्बतियन ओरिजन ब्लड (टीओबी) लेखिएको टिर्सट लगाएर पेस्तोल भिर्ने तेन्जिङ दावामाथि अभद्र कसुरमा अनुसन्धान थालेको छ । काठमाडौं प्रहरीले दावालाई आइतबार साँझ पक्राउ गरेको थियो । पक्राउ परेका दावालाई सोमबार काठमाडौं प्रहरीले अभद्र कसुरमा अनुसन्धान थालेको हो ।
दावाले बिजुलीबजारको पुलमा अर्का एक युवाबाट पेस्तोल लिएर कम्मरमा भिरेको देखिने भिडियो सार्वजनिक भएको थियो । सोही भिडियोबारे अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो । जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएको र टीओबी समूहले प्रदर्शनलाई हिंसात्मक बनाउन भूमिका खलेको आरोप समेत लागेको छ ।