ओलीको प्रस्तावमा १८४ सदस्यले राखे धारणा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको विशेष प्रस्तावमा बिहीबारसम्म १८४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा पहिलो दिन बुधबार ५० केन्द्रीय सदस्यले धारणा राखेका थिए । दोस्रो दिन १३४ जनाले धारणा राखेका हुन् । ललितपुरको जावलाखेलमा जारी बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय समिति सदस्यहरूले प्रतिनिधिसभा पुनर्स्थापनामा जोड दिइरहेको नेता राजेन्द्र गौतमले जानकारी दिए । उनले आफूहरूले निर्वाचनमा भाग नलिने नबताएको तर सरकारले पहिले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।

निर्वाचनमा भागै लिँदैनौँ भनेका छैनौँ । अविलम्ब वातावरण बनाउन भनेका छौँ । उहाँहरूले वातावरण बनाएपछि बोल्छौँ । यसमा केन्द्रित भएर धेरै छलफल भएको छैन । नेतृत्व पुनर्गठनको विषय महाधिवेशनको एजेन्डा भएकाले बैठकमा यस विषयमा धेरै केन्द्रित भएर छलफल नभएको उनको भनाइ छ । पार्टीको जस र अपजस अध्यक्षलाई मात्रै केन्द्रित गरेकोमा आपत्ति जनाइएको छ । जस र अपजस कोर अफ लिडरसिप (सबै पदाधिकारी)ले लिनुपर्छ भन्ने कुरा छलफलमा उठेको छ । बुधबार सुरु भएको केन्द्रीय बैठक भोलिसम्म चल्ने तय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *