करोडौँ ठगी प्रकरणमा थुनामा रहेका कोइराला अझै फरार

काठमाडौं । नक्खु कारागारबाट भागेका सिरियल ठगी आरोपी दिनेश कोइराला अझै कारागार फर्किएका छैनन् । विभिन्न व्यक्तिसँग करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका कोइराला जेनजी समूहले गरेको प्रदर्शनका क्रममा भदौ २४ मा नक्खु कारागारबाट भागेका थिए । तर, उनी अझै कारागार भने फर्किएका छैनन् ।

कोइरालाले धनगढीकी एक महिलाबाट मात्रै एक करोडभन्दा बढी रकम ठगी गरेका थिए । कोइरालाले सुनसरी र मोरङका महिलालाई विभिन्न प्रभावमा पारेर ठगी गर्ने गरेका थिए । सुनसरीका यशोदा भट्टराईको एक करोड, कैलालीका निम्नी भट्टको १६ करोड ठगी गरेका थिए । भट्टकै उजुरीमा कोइराला थुनामा पुगेका थिए । उनीबाहेक करिब दश जनाभन्दा बढी व्यक्तिबाट दश करोडभन्दा माथि ठगी गरेको खुलेको थियो । दुई वर्षअघि पक्राउ परेका कोइरालालाई नक्खु कारागारमा राखिएको थियो । कोइराला सिरियल ठग हुन् । उनी पटकपटक पक्राउ पर्दै आएका थिए । पछिल्लो समय भने उनलाई थुनामा राखिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *