विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आइतबार मध्याह्न १२ः१५ बजे बैठक बस्ने तय भएको छ । संसद् सचिवालयका अनुसार, समितिको १३९औँ बैठकमा ‘चलचित्र विधेयक, २०८१’ का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ । विधेयकमाथि सरोकारवालाहरूको राय र सुझाव लिनका लागि समितिले छलफल बोलाएको हो ।
















