आइसिएफसि फाइनान्सले लाभांश पारित गर्न डाक्यो सभा

काठमाडौं । आइसिएफसि फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले २२औँ वार्षिक साधारण सभा मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे बोलाएको हो । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७९ हजार रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले १८ करोड ६८ लाख ६४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले सञ्चालकहरूको सेवा सुविधा थप गर्ने र सोही अनुरुप नियमावलीमा संशोधन गर्नेछ ।

यस्तै, गत आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२।८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *