शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै बंगलादेशले भारतलाई पठायो पत्र
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई पत्र पठाएको छ । अन्तरिम सरकारमा विदेश मामिलाका सल्लाहकार एमडी तौहिद हुसैनले यसबारे जानकारी दिएका छन् । बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसको अनुसार यो पत्र गत र भारत पठाइएको हो । पत्र नयाँ दिल्लीस्थित बंगलादेश हाई कमिसनमार्फत पठाइएको छ । बंगलादेशले अहिलेसम्म तीनपटक शेख हसिनालाई फिर्ता पठाउन माग गर्दै भारतलाई पत्र पठाएको छ ।
यसभन्दा पहिले गत वर्ष २० र २७ डिसेम्बरमा पत्र लेखेर हसिनालाई सुपुर्दगी गर्न अपिल गरिएको थियो । भारतले अहिलेसम्म यसको कुनै प्रतिक्रिया दिएको छैन । १७ नोभेम्बरमा बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्याधिकरण (आईसीटी–बीडी)ले हसिना र उनको सरकारमा गृहमन्त्री रहेका असदुज्जमान खान कमाललाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । ढाकाको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले उनलाई हत्या गर्न प्रेरित गर्ने र हत्या गर्ने आदेश दिने आरोपमा मृत्युदण्डको सजाय सुनाएको हो । बाँकी मामिलाहरूमा उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । आईसीटीले उनलाई ५ वटा मामिलाहरूमा आरोपी बनाएको थियो । शेख हसीनालाई जुलाई २०२४ को विद्यार्थी आन्दोलनका बेला भएका हत्याहरूको मास्टरमाइन्ड भएको बताइएको छ । तेस्रो आरोपी पूर्वप्रमुख अब्दुल्ला अल–ममूनलाई पाँच वर्ष कैदको सजाय सुनाइएको छ । ममून हिरासतमा छन् । उनी सरकारी साक्षी बनेका छन् । न्युजएटिनबाट ।
















