सुमनराज अर्याल मुख्यसचिव नियुक्त
काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहद पूरा गर्दै वर्तमान मुख्यसचिव एकनारायण अर्यालको कार्यकाल भोलि (९ मंसिर) मध्यरातिदेखि सकिने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो ।
एकनारायण २०८१ १३ भदौमा मुख्यसचिव बनेका थिए। २०५३ साल वैशाख १९ गतेबाट निजामती सेवामा प्रवेश गरेका काठमाडौंको जोरपाटीका अर्याल २०७७ माघ १९ गते सचिवमा बढुवा भएका थिए । तथ्यांक शास्त्रमा स्नातकोत्तर अर्याल केन्द्रीय तथ्यांक विभागमा शाखा अधिकृतको रूपमा प्रवेश गरेका थिए भने सोही विभागमा महानिर्देशकसम्मको जिम्मेवारीमा पुगेका थिए । नियुक्त सुमनराज अर्याल यसअघि रक्षा सचिवका रूपमा कार्यरत थिए । नयाँ मुख्यसचिव उनका रूपमा बुधवारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने सरकारको तयारी छ।
















