कांग्रेसको बैठक फेरि सर्यो
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बस्ने भनिएको बैठक सोमबार दुई बजेका लागि सारिएको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा हुने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वसम्मत निर्णय गर्ने अवस्था नबनेसम्म बैठक सारिरहने बताएका छन् ।















