प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने
काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर भ्रष्टाचार विरोधी अभियान चलाउने निर्णय गरेको छ । भ्रष्टाचार विरोधी अभियान चलाउन जिएस गुरुङको नेतृत्वमा कार्यदल बनाउने निर्णय प्रलोपाको विस्तारित बैठकबाट भएको छ । कार्यदलमा जटिल कार्की, अमित खनाल ऊर्जा, सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान र दिपक महतो लगायत छन् । बैठकले निर्धारित २१ फागुनमै प्रतिनिधि सभाको चुनाव गराउने वातावरण बनाउन सबै पक्षसँग आग्रह पनि गरेको अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोबले जारी गरेको वक्तव्यमा उल्लेख छ । सँगै, सरकारलाई भ्रष्टाचारको छानबिन, जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीमाथि कारबाही, विदेशमा रहेका प्रवासी नेपालहरूलाई मतदानको व्यवस्था मिलाउनुपर्ने लगायतको माग पनि राखेको छ ।















