घोराही सिमेन्टले डाक्यो मंसिर १२ गते पाँचौ सभा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बैंक तथा वित्तीय संस्थाबाट चुक्ता पुँजी र सञ्चित नाफाभन्दा बढी लिएको ऋण रकम अनुमोदन गर्ने भएको छ । हाल कायम रहेको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने भएको हो । कम्पनी सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकले पुस १४ गते बिहान ९ बजे दाङको होटल पौवामा पाँचौं वार्षिक साधारण सभा डाकेको छ । सभाले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

सभाले ऋण रकम सहित गत आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, कम्पनीले गरेको कारोबार विवरणलाई स्वीकृत गरी अनुमोदन गर्ने, सहज सञ्चालन तथा तरलता व्यवस्थापनको लागि संस्थापक सेयरधनीहरूबाट सापटी रकम माग गरी उपभोग गर्ने, चालु आव २०८२।८३ को लागि लेखापरीक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण र संस्थापक सेयरधनी समूहबाट कायम हुने सञ्चालकको निर्वाचन गर्नेछ । चौंथो वार्षिक साधारण सभाबाट कम्पनीको कायम रहेको चुक्ता पुँजीबाट ७५ प्रतिशत अर्थात् प्रति १ सेयर बरावर ०.७५ सेयरका अनुपातले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

साथै, विसं २०८१ चैत २६ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिका लागि निवेदन दिएको थियो । अब पाँचौं सभाबाट १० प्रतिशत बोनस सेयर वितरणपश्चात् ५ अर्ब २ करोड ४४ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजी कायम हुनेछ । साथै, हकप्रद सेयर निष्काशन पछि कम्पनीको जारी तथा चुक्ता पुँजी ८ अर्ब ७९ करोड २७ लाख ९४ हजार रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्ध पत्र शंसोधन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *