गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु भएको छ । ‘ओली कुटी’ नाम दिइएको निवास बिहीबार राधिका शाक्यले शिलान्यास गरिन् । जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।

अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण हुन लागेको हो । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार गुण्डुवासीले दिएको जग्गामा कुटी निर्माण हुन लागेको हो । नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ । नयाँ भवनमा ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *