नर्सिङ सुन्दरीको खोजी सुरु

काठमाडौँ । नर्सहरुको लिडरसिपको बिकास गर्दै उनीहरुको ब्यक्तित्व निखार्ने उदेश्यका साथ ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसनबारे जानकारी दिएको हो । केही अगाडिदेखि आवेदन खुल्ला भएको प्रतियोगीताको छनौट चरणको अडिसन डिसेम्बर २० गतेबाट हुनेछ । एनक्लेकेस् नेपाल मुख्य प्रयोजक रहेका प्रतियोगीतामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् प्रतियोगीताको आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ । अडिसनको समय र भेन्यु भने केही दिनपछि जानकारी दिए आयोजकले जनाएको छ । प्रतियोगिताका शीर्ष विजेताले नगद एक लाख, थाइल्याण्डमा २९२६ मा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वल्र्ड पिस’ र भियतनाममा आयोजना हुने ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्नुका साथै ५ लाख बराबरको विभिन्न उपहारसमेत जित्न सक्नेछन् । ‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको यो नर्सहरु समभागी हुने स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन्। छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई विभिन्न प्रशिक्षण दिएर अन्तिम चरणका लागि तयार पारिनेछ । प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए। अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा आबद्ध तथा अध्ययनरतहरूलाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको हो । अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङ लगायतका विषयमा प्रशिक्षण दिइने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । प्रतियोगितामा विभिन्न आधा दर्जन उपविधामा समेत विजेता आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा आबद्ध तथा अध्ययनरतहरूलाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको हो । अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङ लगायतका विषयमा प्रशिक्षण दिइने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । प्रतियोगितामा विभिन्न आधा दर्जन उपविधामा समेत विजेता छानिने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *