प्रधानमन्त्री कार्कीले आह्वान गरिन् सर्वपक्षीय बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएकी छन्। शुक्रबार अपरान्ह ४ बजे बस्ने बैठकमा मुख्य ५ राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि सबै राजनीतिक दललाई एकै पटक छलफलमा बोलाइएकोमा ठूला दलका नेताहरूले असन्तुष्टि जनाएका थिए ।

यसपटक भने बैठकमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई मात्र सहभागी गराइने बताइएको छ । बैठकको मुख्य एजेन्डा माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी तयारी, वातावरण निर्माण र समन्वयका विषयमा केन्द्रित हुने बताइएको छ । सरकारले निर्वाचन मिति घोषणा गरेपनि चुनावी वातावरण बनाउन नसकेको भन्दै राजनीतिक दलहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *